Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाँदर धपाउन गएकी महिला बारीमै मृत अवस्थामा फेला

बाँदर धपाउन गएकी महिला बारीमै मृत अवस्थामा फेला


  • 869
    Shares

    बाँदर धपाउन गएकी महिला बारीमै मृत अवस्थामा फेला
    images

    ओखलढुङ्गा । मानेभञ्ज्याङ गाउँपालिका–१ स्थित मोलीमा बाँदर रुग्न गएकी एक महिला मृत अवस्थामा फेला परेकी छिन् । मानेभञ्ज्याङ गाउँपालिका–१ गहते बस्ने ४४ वर्षीया चेतकुमारी थापा मगर बिहीबार मकै बारीमा मृत फेला परेकी हुन् ।

    स्थानीय ओम थापा मगरकी छोरी चेतकुमारी बिहीबार मध्यान्ह १२ः०० बजेतिर आफ्नो बारीमा बाँदर धपाउन (रुग्न) गएकी थिइन् । घर नफर्किएपछि खोजी गर्दा  बारीको भित्तामा कोल्टे परेको अवस्थामा उनकै आमाले मृत फेला पारेकी थिइन् ।

    घटनाबारे सूचना पाउना साथ प्रहरी चौकी निसंखेबाट प्रहरी सहायक निरीक्षक बिनोदकुमार खाँ थारुको कमाण्डमा २ जनाको टोली घटनास्थल पुगेर सुरक्षा दिएको बताइएको छ । घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक (प. ईश्वर अधिकारीको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको  जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

    प्रकाशित मिति :जेठ २ २०८३ शनिवार - १२:०८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij