Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मौसम पूर्वानुमान

कस्तो हुनेछ आगामी २४ घण्टा देशभरको मौसम ?

कस्तो हुनेछ आगामी २४ घण्टा देशभरको मौसम ?


  • 1.4K
    Shares

    कस्तो हुनेछ आगामी २४ घण्टा देशभरको मौसम ?
    images

    काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण आज केही स्थानमा वर्षाको सम्भावना रहेको हो । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली, पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ । 

    कोसी प्रदेशका केही स्थान, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशको हिमाली, पहाडी भूभाग र मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको  सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

    विभागले राति कोसी प्रदेशलगायत वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ । 

    कोसी प्रदेशको थोरै स्थान, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेस र लुम्बिनी प्रदेशका  तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

    प्रकाशित मिति :जेठ २ २०८३ शनिवार - ०६:४०:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij