Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अस्पतालका गोदाममै सकियो ९ करोडको औषधीको म्याद

अस्पतालका गोदाममै सकियो ९ करोडको औषधीको म्याद


  • 953
    Shares

    अस्पतालका गोदाममै सकियो ९ करोडको औषधीको म्याद
    images

    काठमाडौं । सरकारी अस्पतालका गोदाममै नौ करोड सात लाख १७ हजार रुपैयाँ बराबरको ‌‍औषधीको म्याद सकिएको पाइएको छ। महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१\८२ को वार्षिक प्रतिवेदनमा सरकारी असपताल र स्वास्थ्य संस्थामा रहेको करोडौँको ‌‍औषधीको म्याद सकिएको उल्लेख गरिएको हो। 

    प्रतिवेदन अनुसार, स्वास्थ्य सेवा विभागले खरिद गरेको २८ प्रकारका ‌‍औषधीको म्याद सकिएको पाइएको छ। जसको मूल्य चार करोड ७२ लाख २० हजार रहेको छ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले किनेका ६ प्रकारका ‌‍औषधीको पनि म्याद सकिएको छ। 

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)ले खरिद गरेका ६०१ प्रकारका ‌‍औषधीको पनि म्याद सकिएको पाइएको छ। जसको मूल्य एक करोड ४३ लाख ७५ हजार रुपैयाँ रहेको छ। 

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको एक करोड १९ लाख ९६ हजार रुपैयाँ बराबरको ‌‍औषधीको पनि म्याद सकिएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भएको एक करोड २३ लाख ५६ हजार रुपैयाँ बराबरको ‌‍औषधीको पनि म्याद सकिएको प्रतिवेदनमा उल्लेख छ।   

     

    प्रकाशित मिति :जेठ १ २०८३ शुक्रवार - १७:४५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij