Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

ओली समूहका सांसद बोहोरालाई नेता शाहले सोधे स्पष्टीकरण

ओली समूहका सांसद बोहोरालाई नेता शाहले सोधे स्पष्टीकरण


  • 6.0K
    Shares

    • images
    ओली समूहका सांसद बोहोरालाई नेता शाहले सोधे स्पष्टीकरण
    images

    धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशसभा कमिटीले पूर्वमन्त्री पठानसिंह बोहरासँग स्पष्टीकरण मागेको छ ।

    एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले ओली समूहका सांसद एवम् पूर्व भौतिक पूर्वाधार विकासमन्त्री बोहरासँग स्पष्टीकरण मागेका हुन् ।

    बोहरालाई शाहले लेखेको पत्रमा स्वयं उपस्थित भएको संसदीय दलको बैठकको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको, निर्णय कार्यान्वयनमा बाधा सिर्जना गरी गुटबन्दी गरेको लगायतका विषयमा जवाफ मागिएको छ ।

    दलका नेता शाहले बोहरालाई जेठ १६ गते साँझ ५ बजेभित्र जवाफ मागेका छन् । तथ्यसंगत जवाफ नदिएमा संसदीय दलको विधान बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

    11.jpg

    22.jpg

    प्रकाशित मिति :जेठ १६ २०७८ आइतवार - ११:१५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij