Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर !

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर !


  • 603
    Shares

    आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर !

    काठमाडौं । पर्साको विन्दवासिनी गाउँपालिका–१ स्थायी घर भएकी सिसकुमारी देवी विनिन तेस्रो पटक निर्वाचन प्रहरी बन्ने अभिलासासहित वीरगञ्जको नारायणी रङ्गशालामा शारीरिक अभ्यासको लागि जुटिरहेकी छन् ।

    उमेरले ५३ वसन्त पार गरेकी तीन सन्तानकी आमा रहेकी उनी रहरले भन्दा पनि परिवारको आर्थिक अवस्थाको कारणले निर्वाचन प्रहरीमा होमिनुपरेको सुनाउछिन्। “यो उमेरमा रहरले त के हुन्थ्यो र ! परिवारको बिहान–साँझको गर्जाे टार्नकै लागि भए पनि निर्वाचन प्रहरीमा आएकी हुँ”, उनले भनिन्, “यस अघिका दुई पटकको चुनावमा म्यादी प्रहरीको अनुभव भइसकेकाले पनि यो पटक पनि छनोट हुने आशा लिएकी छु ।”

    तीन छोरामध्ये एक जना नौ कक्षा र अर्काे छोरी पाँच कक्षामा अध्ययनरत रहेका छन् । एउटा छोरा भने सवारी दुर्घटनामा परेर ढाड नचल्ने समस्याबाट गुज्रिरहेका छन् । उनको पति भने खेती किसानी गर्दै आइरहेका छन्। तीन सन्तानको आमासमेत रहेकी विनिनको एउटा छोरा सवारी दुर्घटनामा घाइते भएर उपचारार्थ रहेकाले पनि केही रकम जोहो गर्नकै लागि भए पनि निर्वाचन प्रहरी बन्न लागेको बताइन् ।

    अहिले पर्सा जिल्लामा निर्वाचन प्रहरी बन्ने दौडमा विनिन मात्रै नभएर ३२ वर्षे दुई सन्तानकी आमा तेतरीदेवी चमार पनि कसरत गरिरहेकी छिन्। स्थायी घर पर्साको पोखरिया नगरपालिका घर भएकी उनको जसरी पनि निर्वाचन प्रहरी बन्ने सपना देखेर आएको बताइन् । वीरगञ्जको नारायणी रङ्गशालाको मैदानमा विनिन र तेतरीदेवी मात्रै नभएर पर्साको बहुदरमाई नगरपालिका–९ मा बसोबास गर्ने दुई छोराकी आमा चन्द्रमा देवी पनि निर्वाचन प्रहरी बन्ने सपना बोकेर वीरगञ्जको नारायणी रङ्गशालामा उत्रिएकी छिन् । 

    सन्तानको आमा मात्रै नभएर अन्य विभिन्न उमेर समूहका पुरुष तथा महिलाहरू निर्वाचन प्रहरी बन्ने सपना बोकेर वीरगञ्जको नारायणी रङ्गशालामा शारीरिक अभ्यासको परीक्षामा १९ वर्षे युवती कुशुकुमारी पनि निर्वाचन प्रहरी बन्न कसरत गरिहेकाे बताइन् । 

    सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आवश्यक सुरक्षा प्रबन्धको लागि निर्वाचन प्रहरी आवश्यक परेको भन्दै आवेदन खुलाएसँगै निर्वाचन प्रहरी बन्नेहरूको घुइँचो लागेको हो । पर्सामा निर्वाचन प्रहरीमा भर्ना छनोट तथा नियुक्ति समिति पर्साले यहाँ जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फ गरेर दुई हजार ८५२ जना आवेदन माग गरेको थियो । नेपाल प्रहरीतर्फ भने पाँच हजार ३९९ जनाको आवेदन परेको छ भने सशस्त्र प्रहरीतर्फ ३८५ जनाको आवेदन माग भएकोमा ५७१ जनाको आवेदन परेको छ ।

    संयोजक कार्कीले चुलोचौकामा सीमित हुने भनिएका मधेसी समुदायका महिलाहरू पनि अवसर पाउँदा आफ्नो जिम्मेवारी निभाउन सफल हुन्छन् भन्ने गतिलो उदाहरण बन्न सकेको बताए । “यसले यहाँका महिलाहरू अवसर पाएको खण्डमा जस्तोसुकै जिम्मेवारी पनि पूरा गर्न सक्षम हुनुहुन्छ भन्ने देखाएको छ”, उनले भने, “निर्वाचन प्रहरी छनोट प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउनको लागिपरिरहेका छौँ ।” पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पर्साका चारवटै सुरक्षा निकायका प्रमुखहरूले पनि निर्वाचन प्रहरीलाई पारदर्शी बनाउनको लागि नियमित अनुगमन तथा निरीक्षण गर्दै आइरहेका छन्।

    पर्साका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले निर्वाचन प्रहरीमा महिला र पुरुषको सहभागिता उत्साहजनक रहेको बताए । “यहाँबाट निर्वाचन प्रहरीमा आवेदन दिनेको सङ्ख्या दोब्बरभन्दा धेरै छ”, उनले भने “एकातर्फ निर्वाचनमा सेवा गर्न चाहने युवापुस्ताको आकर्षण बढिरहेको छ । अर्कातर्फ ४० दिनमा आम्दानी पनि राम्रो हुने देखेर होलाजस्तो लाग्छ ।”

    पर्सा प्रहरीका अनुसार निर्वाचन प्रहरीमा पहिलोपटक आवेदन दिने पुरुषको सङ्ख्या तीन हजार १४७ जना रहेका छन् । नयाँ आवेदन दिने महिलाको सङ्ख्या भने ६०३ जना रहेका छन् । निर्वाचन प्रहरीमा विगतमा म्यादी प्रहरीको रूपमा खटिएका ६८७ जना पुरुष र विगतको म्यादी प्रहरीको रूपमा खटिएका १५३ जना महिलाको आवेदन परेको छ ।

    त्यस्तै गरी पूर्वसूरक्षाकर्मीको तर्फबाट भने १२ जना पुरुष रहेका छन् भने विदेशी सैनिकबाट अवकाश प्राप्त गरेका एक जना रहेका छन् । सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी मोहन निरौलाले निर्वाचन प्रहरीमा युवादेखि अन्य उमेर समूहको आकर्षण रहेको बताए।

     

    प्रकाशित मिति :माघ १० २०८२ शनिवार - १८:११:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij