Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जसपा नेपालले निर्णय नलिएपछि सर्‍यो विश्वासकाे मत लिने कार्यक्रम

जसपा नेपालले निर्णय नलिएपछि सर्‍यो विश्वासकाे मत लिने कार्यक्रम


  • 1.4K
    Shares

    जसपा नेपालले निर्णय नलिएपछि सर्‍यो विश्वासकाे मत लिने कार्यक्रम
    images

    काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जेठ ८ गतेका लागि विश्वासको मत लिने व्यवस्था मिलाउन सभामुखलाई पत्र पठाएका छन् । जनता समाजवादी पार्टी नेपालले निर्णय नदिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने व्यवस्था मिलाउन सभामुखलाई पत्रलाई पठाएका हुन् ।

    वैशाख २१ गते जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने कार्यक्रम थियो । तर जसपा नेपाल विश्वासको मत दिने या नदिने विषयमा अनिर्णीत भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम सारेका हुन् । 

    मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने विषयमा जसपा नेपालमा फरक फरक मत रहेको छ । केही सांसदले विश्वासको मत दिने, केहीले नदिने भएपछि विवादका कारण मुख्यमन्त्रीले कार्यक्रम सार्न सभामुख रामअषिश यादवलाई पत्र पठाएको स्रोतले जनाएको छ ।

    मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम अगाडि बढाएको भए जसपा नेपाल कुनै न कुनै निर्णय लिन बाध्य हुन्थ्यो तर कांग्रेस भित्रै विवाद भएपछि यस्तो परिस्थिति उत्पन्न भएको हो ।   

     

     

    प्रकाशित मिति :जेठ १ २०८३ शुक्रवार - १४:३१:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij