Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

गण्डकीको बजेट अधिवेशन आजबाट सुरु, प्रिबजेटपछि विश्वासको मत लिने

गण्डकीको बजेट अधिवेशन आजबाट सुरु, प्रिबजेटपछि विश्वासको मत लिने


  • 5.6K
    Shares

    • images
    गण्डकीको बजेट अधिवेशन आजबाट सुरु, प्रिबजेटपछि विश्वासको मत लिने
    images

    पोखरा । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आज (आइतबार)बाट सुरु हुँदैछ । असार १ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेशसभाको बजेट अधिवेशन सुरु हुन लागेको हो । सरकारले आगामी आवको प्रिबजेट सोमबार पेश गर्ने तयारी गरेको छ ।

    आइतबार अधिवेशनको पहिलो दिन संसदीय दलका नेताहरूले बोल्ने कार्यसूची तय भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बजेट अधिवेशनबाट विश्वासको मत लिनेछन् । २९ बैशाखमा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले ३० दिनभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक प्रावधानअनुसार उनले विश्वासको मत लिने भएका हुन् ।

    गण्डकी सरकारले बजेटका सिद्धान्त र प्राथमिकताका बिषयमा छलफल गरिसकेपछि मात्रै विश्वासको मत लिने प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधार तथा कानुन मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

    ‘हामीले जसरी पनि असार १ गते बजेट ल्याउनु पर्ने हुन्छ । तसर्थ पहिलो प्राथमिकता त्यसका लागि दिन्छौँ, दिनु आवश्यक छ। तसर्थ १७ गते प्रदेश सभा बैठकमा विनियोजन विधेयक २०७८ को सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिसकेपछि मात्रै विश्वासको मत लिने तर्फ जानेछौँ’, मन्त्री बस्नेतले भने ।

    प्रकाशित मिति :जेठ १६ २०७८ आइतवार - १०:५९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij