२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ५ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ। फैसला कार्यान्वयनका लागि प्रहरीले सञ्चालन गरेको विशेष अभियान अन्तर्गत वैशाख ३० र ३१ गते उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा लागुऔषध गाँजा मुद्दाका निरज यादव, ज्यान मार्ने उद्योग मुद्दाका राजेश महतो, चेक अनादर मुद्दाका धनराज पण्डित र नगिना साह सोनार रहेका छन्। यस्तै, चोरी सम्बन्धी कसुरमा सजाय सुनाइएका माधव नारायण न.पा.६ का बिशेश्वर महतोलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेकामध्ये निरज यादवलाई २ महिना कैद र २ हजार जरिवाना तथा बिशेश्वर महतोलाई ८ महिना कैद र ५ हजार जरिवानाको फैसला भएको थियो। अन्य प्रतिवादीहरूबाट जरिवाना रकम असुल गरिने प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बिष्णु प्रदिप बस्यालका अनुसार पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij