२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिडेटका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेलाई किन थुनामुक्त नगर्ने भनी सरकारसँग कारण माग गरेको छ ।
आफ्नो श्रीमान्लाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै निरु दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
स्मार्ट सेल कम्पनीको सम्पत्ति लिलामी गर्दा आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीको कन्द्रीय अनुसन्धान ब्युरोले पाण्डेलाई बुधबार पक्राउ गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij