Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सय दिनमा १०१ गल्ती गरेर सरकार आफैँ ढल्छ : कांग्रेस प्रवक्ता

सय दिनमा १०१ गल्ती गरेर सरकार आफैँ ढल्छ : कांग्रेस प्रवक्ता


  • 988
    Shares

    सय दिनमा १०१ गल्ती गरेर सरकार आफैँ ढल्छ : कांग्रेस प्रवक्ता
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रवक्ता देवराज चालिसेले वर्तमान सरकार आफ्नो असक्षमता र गल्तीका कारण आफैँ पतनको बाटोमा गएको दाबी गरेका छन् । बिहीबार पोखरामा आयोजित कांग्रेसको विशेष प्रादेशिक भेलालाई सम्बोधन गर्दै उनले सरकारको कार्यशैली पूर्ण रूपमा असफल भइसकेको टिप्पणी गरेका छन् ।

     उनले भने, ‘अहिले सरकार बनेको ४६ दिन भइसक्यो । तर यसले ४६ भन्दा बढी गल्ती गरिसकेको छ,’ ‘सय दिनमा १०१ गल्ती गर्ने सरकार आफैँ ढलेको इतिहास हामीले देखिसकेका छौँ । यो सरकार पनि त्यसै गरी ढल्छ ।’ 

    कार्यक्रममा उनले स्थानीय तहका जनप्रतिनिधिहरूलाई आगामी निर्वाचनलाई अन्तिम परीक्षाका रूपमा लिन सचेत गराएका छन् । चालिसेले पार्टीको छवि सुधार्न ठुला भाषणभन्दा स-साना र अर्थपूर्ण व्यवहारिक परिवर्तन आवश्यक रहेको बताएका छन् ।

    नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भेला आयोजना गरेको हो । भेलामा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, प्रदेशका मन्त्री तथा सांसद, जिल्ला समन्वय समितिका प्रमुख\उपप्रमुख, क्षेत्रीय सभापति र स्थानीय तहका जनप्रतिनिधिहरूको उपस्थिति छ ।   

     

    प्रकाशित मिति :बैशाख ३१ २०८३ बिहिवार - १८:०२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij