Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पाण्डेलाई हिरासतमुक्त गरी अनुसन्धान अघि बढाउन आग्रह

पाण्डेलाई हिरासतमुक्त गरी अनुसन्धान अघि बढाउन आग्रह


  • 3.0K
    Shares

    पाण्डेलाई हिरासतमुक्त गरी अनुसन्धान अघि बढाउन आग्रह
    images

    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको प्रति बैंकिङ क्षेत्रका चारवटा छाता संगठनहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन्।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पाण्डेलाई बुधबार नियन्त्रणमा लिएपछि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्।

    ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५७ ले कर्जा असुली नभएको अवस्थामा असुलीका लागि बैंकहरूलाई विशेष अधिकार दिएको छ। कर्जा असुली गर्नु बैंकको प्राथमिक प्रक्रिया र प्रमुख कार्यकारी अधिकृतको मूल दायित्व भित्र पर्दछ।’ कर्जा असुली गरेकै कारण बैंकको नेतृत्वलाई पक्राउ गर्दा बैंकको साखमा गिरावट आउने र वित्तीय स्थायित्वमा समेत आँच पुग्ने ती संघहरूको ठहर छ, विज्ञप्तिमा भनिएको छ।

    बैंकिङ क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले ‘सुन अनि थुन’ को सिद्धान्तलाई आत्मसाथ गर्न आग्रह गर्दै पाण्डेलाई यथाशीघ्र थुनाबाहिरै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

     

    प्रकाशित मिति :बैशाख ३१ २०८३ बिहिवार - १४:१०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij