Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

डोजर आतङ्क र संस्थागत हत्या रोक्न माग गर्दै सुकुमबासीहरू सडकमा

डोजर आतङ्क र संस्थागत हत्या रोक्न माग गर्दै सुकुमबासीहरू सडकमा


  • 2.6K
    Shares

    डोजर आतङ्क र संस्थागत हत्या रोक्न माग गर्दै सुकुमबासीहरू सडकमा
    images

    काठमाडौं । अखिल नेपाल सुकुमबासी सङ्घ र संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले देशका विभिन्न स्थानमा भइरहेको डोजर आतङ्क र संस्थागत हत्याको विरुद्धमा राजधानीको माइतीघमा खबरदारी कार्यक्रम आयोजना गरेका छन्। 

    प्रदर्शनमा सहभागीहरूले सुकुमबासीका मुद्दालाई सम्बोधन गर्नुको साटो सरकार र स्थानीय प्रशासनले बल प्रयोग गरेर उनीहरूलाई विस्थापित गर्न खोजेको आरोप लगाएका छन्। 

    उनीहरूले यस्तो कार्यलाई संस्थागत हत्याको संज्ञा दिँदै तत्काल डोजर आतङ्क बन्द गर्न र आफूहरूको जिउधनको सुरक्षा गर्न माग गरेका छन्। खबरदारी कार्यक्रमका क्रममा सुकुमबासी अधिकारकर्मीहरूले भूमिहीन र सुकुमबासीहरूको संवैधानिक हकको रक्षा गर्न र उनीहरूलाई स्थायी बसोबासको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन्। 

    माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले विभिन्न नारा अङ्कित प्लेकार्ड बोकेर सरकारको कार्यशैलीप्रति आक्रोश व्यक्त गर्दै न्यायका लागि दबाब दिएका छन्। 

     

    प्रकाशित मिति :बैशाख ३१ २०८३ बिहिवार - १४:००:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij