Logo

२०८३ बैशाख ३१ गते बिहिवार

२०८३ बैशाख ३१ गते बिहिवार

ट्यांकी राख्ने क्रममा छतसहित खस्दा सर्लाहीमा दुई जना मिस्त्रीको मृत्यु

ट्यांकी राख्ने क्रममा छतसहित खस्दा सर्लाहीमा दुई जना मिस्त्रीको मृत्यु


  • 505
    Shares

    ट्यांकी राख्ने क्रममा छतसहित खस्दा सर्लाहीमा दुई जना मिस्त्रीको मृत्यु

    सर्लाही । मलंगवा नगरपालिका १० मा घरको ट्यांकी राख्नेक्रममा ढलानसहित खस्दा दुई जनाको मृत्यु भएको छ ।

    स्थानीय रञ्जित यादवको चार तले पक्की घरमा ट्यांकी राख्न  ढलान गर्ने क्रममा ढलानसहित खस्दा दुई मिस्त्रीको ज्यान गएको हो । 

    पानी ट्यांकी राख्ने छत ढलान गर्ने क्रममा ढलानसहित चार तला माथिबाट खस्दा  मलंगवा नगरपालिका–२ का ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ का ४० वर्षीय राजकिशोर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सरोज राईले बताए । 

     गम्भिर घाइते भएका दुवै जनाको  उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    images
    प्रकाशित मिति :बैशाख ३१ २०८३ बिहिवार - ०७:४१:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij