Logo

२०८३ बैशाख ३१ गते बिहिवार

२०८३ बैशाख ३१ गते बिहिवार

दुई दाजुभाइको हत्या गरेर आफैले प्रहरीलाई फोन गरेपछि...

दुई दाजुभाइको हत्या गरेर आफैले प्रहरीलाई फोन गरेपछि...


  • 1.0K
    Shares

    दुई दाजुभाइको हत्या गरेर आफैले प्रहरीलाई फोन गरेपछि...

    नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिका-४ किम्ताङमा दाजुभाइको हत्या गरेर खोलामा लुकाएको अवस्थामा बुधबार शव फेला परेका छन्।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिक्रम लामाका अनुसार किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङको हत्या गरेर किम्ताङका शव भेटिएका हुन्। 

    एक व्यक्तिले मंगलबार राति प्रहरीलाई फोनमार्फत उक्त अपराध आफूले गरेको भन्दै घटनास्थलसम्बन्धी दिएको जानकारीका आधारमा खोजतलास गर्दा उनीहरूको हत्या गरेर खोलामा ढुंगाले थिचेर लुकाएको अवस्थामा शव भेटिएका हुन्। 

    ‘आर्थिक लेनदेनका सम्बन्धमा उत्पन्न विवाद हुँदा उनीहरूको हत्या गरेर आफू फरार भएको भनी ती व्यक्तिले दिएको सूचनाका आधारमा शव बरामद भएको छ’, प्रनाउ लामाले भने, ‘अहिले ती व्यक्तिको खोजी भइरहेको छ। उनी पक्राउ परेपछि विस्तृतमा खुल्नेछ।’

    आफूले हत्या गरेको स्वीकारसहित घटनास्थलको जानकारी दिने व्यक्तिले गोली प्रहार गरेर ज्यान लिएको उल्लेख गरे पनि घटनास्थलबाट प्रहरीले एकथान खुकुरी बरामद गरेको छ।

    परिवारका सदस्यका अनुसार हत्या गरिएका दाजुभाइ मंगलबार बिहान कुलो निर्माण गर्न जाने भनेर हिँडेदेखि सम्पर्कविहीन भएका थिए। घटनास्थल सडकदेखि करीब पाँचघण्टा पैदल दूरीमा छ।

    images
    प्रकाशित मिति :बैशाख ३१ २०८३ बिहिवार - ०७:११:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij