२०८३ बैशाख ३० गते बुधवार
काठमाडौं । पाथीभरा क्षेत्रमा निर्माण हुन लागेको केबलकार परियोजना खारेजी तथा मुन्धुमिस्थल मुक्कुमलुङको संरक्षणको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।
बुधबार मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले माइतीघर मण्डलामा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
आन्दोलनरत पक्षले पाथीभरा केबलकार परियोजना पूर्ण रूपमा खारेज हुनुपर्ने र लिम्बू समुदायको ऐतिहासिक मुन्धुमी स्थल ुमुक्कुम्लुङु को जैविक तथा सांस्कृतिक अस्तित्व संरक्षण गरिनुपर्ने माग राखेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij