Logo

२०८३ बैशाख ३० गते बुधवार

२०८३ बैशाख ३० गते बुधवार

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु


  • 862
    Shares

    श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    काठमाडौं । गुल्मीमा श्रीमान‍्‍को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

    इश्मा गाउँपालिकामा-६ साहुघर निवासी ४५ वर्षीय थमनबहादुर कुमालको कुटपिटबाट ४३ वर्षीया श्रीमती एमी भनिने सुमित्रा कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मंगलबार बेलुका दुवै जनाले सँगै मादक पदार्थ सेवन गरेपछि विवाद भएको थियो । विवादको क्रममा थमनले एमीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी एमीलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्‍याइएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको गुल्मीका प्रहरी नायब उपरीक्षक डीएसपी गंगाबहादुर सारुले बताएका छन् ।

    घटनाको थप अनुसन्धानका लागि बुधबार बिहान जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको कमान्डमा ५ जनाको टोली खटिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।  

     

    images
    प्रकाशित मिति :बैशाख ३० २०८३ बुधवार - १३:५०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij