२०८३ बैशाख ३० गते बुधवार
काठमाडौं । सर्वोच्च अदालतको इजलासमा हुलहुज्जत गर्न खोजेपछि वादी अभियन्ता डा. रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताएका छन् ।
सर्वोच्चमा आज फिल्म ‘लालीबजार’को मुद्दामा सुनुवाई भएको छ । उक्त फिल्मको प्रदर्शन रोक्न माग गर्दै रोशनीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
फिल्म ‘लालीबजार’ को मुद्दामा आजको सुनुवाई न्यायाधीशद्धय विनोद शर्मा र श्रीकान्त पौडेलको इजलासमा भएको छ । आदेश आउन बाँकी छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij