Logo

२०८३ बैशाख ३० गते बुधवार

२०८३ बैशाख ३० गते बुधवार

प्रभु इन्स्योरेन्सको नाफा र बीमा कोष दुवैमा वृद्धि, प्रतिशेयर आम्दानी कति पुग्यो ?

प्रभु इन्स्योरेन्सको नाफा र बीमा कोष दुवैमा वृद्धि, प्रतिशेयर आम्दानी कति पुग्यो ?


  • 582
    Shares

    प्रभु इन्स्योरेन्सको नाफा र बीमा कोष दुवैमा वृद्धि, प्रतिशेयर आम्दानी कति पुग्यो ?

    काठमाडौं । प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमास (साउन-चैत) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको चैतसम्म कम्पनीले २१ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

    अघिल्लो आर्थिक वर्ष २०८१\८२ को सोही अवधिसम्म कम्पनीले २० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ५.६३ प्रतिशतले बढेको छ।

    कम्पनीको बीमा कोषमा ३ अर्ब ३५ करोड ८८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बीमा कोषमा २ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ थियो। बीमा कोषको आकार २७.९३ प्रतिशतले बढेको छ। कम्पनीले ५० करोड ३८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा खुद बीमाशुल्क आर्जन ५.७८ प्रतिशतले बढेको छ। 

    कम्पनीको शेयर पुँजी १ अर्ब ७० करोड रुपैयाँ रहेको छ । स्पेसल रिजर्भमा १ अर्ब ३३ करोड १ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड १८ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा २४ करोड ९१ लाख रुपैयाँ र अन्य इक्विटीमा १७ करोड २२ लाख रुपैयाँ रहेको छ। 

    अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब २२ करोड ४३ लाख रुपैयाँ, महाविपत्ति कोषमा १० करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४२ करोड ९३ लाख रुपैयाँ र अन्य इक्विटीमा १९ करोड ४८ लाख रुपैयाँ रहेको थियो।

    कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर १६.५८ रुपैयाँ कायम भएको छ भने पीई रेसियो ४१.८५ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २०९.५५ रुपैयाँ रहेको छ।

    images
    प्रकाशित मिति :बैशाख ३० २०८३ बुधवार - १३:४०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij