२०८३ बैशाख ३० गते बुधवार
काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरिएको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेनको राजीनामा माग गरेका हुन् ।
आजको छलफलमा प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्न सभामुख डीपी अर्यालले अनुमति दिएका थिए ।
योसँगै संसदका सबै विपक्षी दलहरू उठेर विरोध गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij