Logo

२०८३ बैशाख ३० गते बुधवार

२०८३ बैशाख ३० गते बुधवार

रौतहटको कटहरियाबाट तीन बालक बेपत्ता

रौतहटको कटहरियाबाट तीन बालक बेपत्ता


  • 197
    Shares

    रौतहटको कटहरियाबाट तीन बालक बेपत्ता

    काठमाडौं । कटहरियाका तीनजना बालक एकैपटक सम्पर्कविहीन भएका छन् । एउटै विद्यालय र एउटै कक्षामा अध्ययनरत तीन बालक तीन दिनदेखि बेपत्ता भएका हुन् ।

    कटहरिया–५ का सम्सुदिन अन्सारीका १४ वर्षीय छोरा सकील अन्सारी, सुरेन्द्र साह सोनार ‘किरायसिन’ का १४ वर्षीय छोरा कुन्दन साह सोनार, तथा भरत दास सरभंगका १२ वर्षीय छोरा पवन कुमार दास सरभंग सोमबारदेखि सम्पर्कबिहीन भएका हुन् ।

    परिवारका अनुसार तीनैजना विद्यार्थी सोमबार दिउँसो विद्यालयबाट घर फर्किएका थिए । केही समयपछि ‘बाहिर खेल्न जान्छौँ’ भन्दै घरबाट निस्किएका उनीहरू त्यसयता घर नफर्किएको अभिभावकहरूले बताए ।

    बालकहरू साँझसम्म सम्पर्कमा नआएपछि परिवारले आफन्त, साथीभाइ तथा सम्भावित स्थानहरूमा खोजी थालेका थिए । तर कुनै जानकारी नपाएपछि उनीहरूको फोटोसहित इलाका प्रहरी कार्यालय कटहरियामा निवेदन दर्ता गरिएको छ ।

    इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मोहन आले मगरका अनुसार बालकहरूको तस्बिर र हुलियासहितको विवरण सम्बन्धित सुरक्षा निकायमा पठाइसकिएको छ । नेपालभर प्रहरी परिचालन गरिएको तथा भारतीय प्रहरीसँग समन्वयका लागि प्रक्रिया अघि बढाइएको उनले बताए ।

    images
    प्रकाशित मिति :बैशाख ३० २०८३ बुधवार - ११:२४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij