Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कक्षा १२ को परीक्षा अगावै प्रश्नपत्र ह्वाट्सएप ग्रुपमा कसरी पुग्यो ?

कक्षा १२ को परीक्षा अगावै प्रश्नपत्र ह्वाट्सएप ग्रुपमा कसरी पुग्यो ?


  • 806
    Shares

    कक्षा १२ को परीक्षा अगावै प्रश्नपत्र ह्वाट्सएप ग्रुपमा कसरी पुग्यो ?
    images

    काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले कक्षा १२ को परीक्षा अगावै प्रश्नपत्र र उत्तर सामाजिक सञ्जालबाट फैलाउने गिरोहका दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

    पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ घर भई सुविधानगर बस्ने ३८ वर्षीय निराजन शाही र धादिङको निलकण्ठ नगरपालिका–३ घर भई हाल कपन बस्ने ३० वर्षीय प्रेमकुमार श्रेष्ठ छन्।

    साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार उनीहरुले ह्वाट्स एपमा ‘कक्षा १२ व्यवस्थापन मात्र’ तथा फेसबुक र मेसेन्जर ग्रुप बनाएर परीक्षा अगावै प्रश्नपत्र बाहिर पुर्‍याउने गरेका थिए।

    उनीहरुलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार अनुसन्धान हुनेछ। प्रवक्ता गिरीका अनुसार जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप गरी गरिएको छ।

    cyber-notice_xulGYgTYkw.jpg

    प्रकाशित मिति :बैशाख ३० २०८३ बुधवार - ०७:०१:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij