Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त


  • 1.6K
    Shares

    प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्। राष्ट्रपति कार्यालयका अनुसार उनलाई २०८३ वैशाख २९ गते मंगलबारदेखि लागू हुने गरी पदमुक्त गरिएको हो।

    सभामुख डोल प्रसाद अर्यालले वैशाख २८ गते राईलाई पदबाट हटाउन गरेको सिफारिसका आधारमा राष्ट्रपतिले यो निर्णय लिएका हुन्। 

    संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई पदबाट हटाइएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    1-29_पदमुक्ति_विज्ञप्ति_img_0001_TheqNf9lOE.jpg

    प्रकाशित मिति :बैशाख २९ २०८३ मंगलवार - १८:२०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij