Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अर्घाखाँची बस दुर्घटनामा मृतकको संख्या ४ पुग्यो

अर्घाखाँची बस दुर्घटनामा मृतकको संख्या ४ पुग्यो


  • 1.2K
    Shares

    अर्घाखाँची बस दुर्घटनामा मृतकको संख्या ४ पुग्यो
    images

    काठमाडौं । अर्घाखाँचीमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ जना पुगेको छ । मृतकमा ३ महिला र एक पुरुष रहेका छन् । 

    सुपा देउराली मन्दिर दर्शनपछि फर्किँदै गरेका पर्वतका यात्रु सवार बस पाणिनी गाउँपालिका-८ दुर्गाफाँटस्थित कुडेलेमा दुर्घटना भएको थियो । 

    ध १ ख ५०४ नम्बरको रिजर्भ बस दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिएका छन् ।

    करिब ३० जना सवार बस सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची तथा मिसन अस्पताल पाल्पा पठाइएको छ ।   

     

    प्रकाशित मिति :बैशाख २९ २०८३ मंगलवार - १८:१५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij