Logo

२०८३ बैशाख २९ गते मंगलवार

२०८३ बैशाख २९ गते मंगलवार

सांसद शाहीको आक्रोश: यो सरकार हो कि आतंकवादी ?

सांसद शाहीको आक्रोश: यो सरकार हो कि आतंकवादी ?


  • 470
    Shares

    सांसद शाहीको आक्रोश: यो सरकार हो कि आतंकवादी ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले आतंकवादी गतिविधि गरिरहेको आरोप लगाएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकार आतंकवादी हो कि होइन ? भन्ने प्रश्न समेत गरेका छन् । 

    नेता शाहीले सरकारले सुकुम्बासी बस्तीमा नभई हुकुमवासीहरुको मानसिकतामा प्रहार गर्नुपर्ने आवश्यक्ता पनि औल्याका छन्। सुकुम्बासीहरुको नाममा हुकुम्वासीहरुले गरेका गलत काममा सरकारले मौनता साधेको भन्दै उनको आपत्ति थियो । 

    नेता शाहीले भने,‘ यो सरकार हो कि आतंकवादी हो ? म अहिले सरकारका मन्त्रीलाई भन्न चाहन्छु अगाडि राखेर तपाईहरु बस्दै गरेको घर २४ घण्टामा खाली गर्नुस । सक्नु हुन्छ ? सक्नु हुन्छ २४ घण्टामा डेरा सर्न ? त्यसको समय छैन । त्यो भएको हुनाले सरकारी सम्पत्ति जोगाउनु पर्छ भन्ने मान्यता राख्छु । अवैध संरचना भत्काउनुस् । यो भत्काउनु पर्छ भन्ने पक्षमा म छु । तर मानवीय संरचनामाथि डोजर चलाएर विकास हुँदैन । सरकारले सुकुम्बासी बस्ती होइन, हुकुमबासीको मानसिकतामाथि प्रहार गर्नुस । आज सत्ता र शक्तिको आडमा पूर्व माननीयज्यूले अघि भन्नु भएको थियो-आज मन्त्रीपरिषदका सदस्य समेत हुकुमवादी भएका प्रमाणहरु छन । आज त्यहाँमाथि किन डोजर चलाईएन रु सुकुम्बासी बस्ती हटाउने क्रममा आज दुई जना मान्छेले आत्माहत्या गर्नु प¥यो । अव प्रश्न उठछ ? नागरिकको जीवनको सुरक्षा सरकारको कर्तव्य हो कि होइन ? ’

    नेता शाहीले सरकारले अवैध संरचना हटाउने कुरा सही भएपनि गरिव सुकुम्बासीहरुमाथि डोजर चलाएर मानवीयतामाथि नै प्रहार गर्ने काम गरेको आरोप समेत लगाएका छन् ।

    images
    प्रकाशित मिति :बैशाख २९ २०८३ मंगलवार - १६:२६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij