२०८३ बैशाख २९ गते मंगलवार
काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमास (साउनदेखि चैत) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा घटेको छ भने कुल बीमाशुल्क र खुद बीमा शुल्क आर्जन बढेको छ ।
कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा ५ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१\८२ को अवधिसम्म कम्पनीले २३ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनकिो नाफा ७८ प्रतिशतले घटेको हो ।
कम्पनीले १ अर्ब ९७ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म ५३ करोड ४३ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले ४९ करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो।
२ अर्ब १५ करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको समीक्षा अवधिसम्ममा स्पेसल रिर्जभमा ७७ करोड ५२ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ८५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १९ करोड २७ लाख रुपैयाँ र अन्य इक्विटीमा १२ करोड ३८ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको सोल्भेन्सी रेसियो ५ दशमलव ८५ प्रतिशत रहेको छ । कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ३ रुपैयाँ १९ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ०४ पैसा रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij