२०८३ बैशाख २९ गते मंगलवार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन भन्ने भाष्य गलत भएको बताएका छन्। प्रतिनिधि सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राजनीतिमा मुख्य सवाल उमेर वा पुरानोपन नभई सही र गलत भएको बताएका छन्। पुराना र नयाँको भाष्यले परिवार, समाज र राजनीतिलाई नै विभाजन हुनेभन्दै त्यस्तो नगर्न सबैमा आग्रह गरेका छन्।
उनले भने, ‘सवाल पुराना र नयाँको होइन, सही र गलतको हो । पुराना नयाँको भाष्यले परिवार, समाज र राजनीतिलाई नै विभाजन गर्नेगरी अग्रसर हुन्छ । मानौ पुराना जति सबै राम्रा वा नराम्रा भन्ने बहसले समाजलाई विभाजित गर्छ । त्यसकारण म सबै माननीयज्यूहरुलाई नयाँ र पुरानाको भाष्य बदलेर सही वा गलतको भाष्यमा रुपान्तरण गर्न हार्दिक अनुरोध गर्दछु ।’
उनले पुराना र नयाँको भाष्य दार्शनिक, राजनीतिक र समाजशास्त्रीय दृष्टिले गलत भएको आरोप लगाएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij