Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

यती एयरलाइन्सले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

यती एयरलाइन्सले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल


  • 1.3K
    Shares

    यती एयरलाइन्सले आइपीओ निष्काशन गर्ने,  बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
    images

    काठमाडौं । यती एअरलाईन्स लिमिटेडले आफ्नो साधारण शेयरहरु प्राथमिक सार्वजनिक निष्काशन मार्फत सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि श्री एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 
    आन्तरिक हवाई सेवा प्रदान गदै आइरहेको यति एयरलाइन्स लिमिटेड नेपालका अग्रणी निजी हवाई सेवा प्रदायकहरुमध्ये एक हो ।

    कम्पनीले उच्च सुरक्षा मापदण्ड, विश्वसनीय सञ्चालन तथा गुणस्तरीय सेवामा विशेष जोड दिँदै देशका प्रमुख शहरी तथा दुर्गम गन्तव्यहरुमा नियमित उडान सञ्चालन गर्दै आएको छ । साथै, नेपालको हवाई पहुँच विस्तार तथा क्षेत्रिय कनेक्टिभिटी सुदृढ गर्न कम्पनीले महत्वपूर्ण योगदान पु्याउदै आएको छ । 

    धितोपत्र निष्काशन सम्बन्धी उक्त सम्झौतापत्रमा यती एअरलाईन्स लिमिटेडका तर्फबाट प्रमुख वित्त अधिकृत श्री अनुप आचार्य र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री सचिन्द्र ढुङ्गाना द्वारा हस्ताक्षर गरिएको छ ।

     

     

     

     

    प्रकाशित मिति :बैशाख २९ २०८३ मंगलवार - १६:०७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij