Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अर्घाखाँचीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २५ घाइते

अर्घाखाँचीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २५ घाइते


  • 2.2K
    Shares

    अर्घाखाँचीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २५ घाइते
    images

    काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ८ दुर्गा फाँट कुडेलेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। 

    पर्वत जिल्ला मोदी गाउँपालिका पातिचौरबाट अर्घाखाँची जिल्लाको सुपादेउराली दर्शन गर्न गएको ध१ख ५०४ नम्बरको बस दुर्घटना भएको पाणिनी गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष अच्युत गौतमले जानकारी दिएका छन्। 

    दुर्घटना भएका स्थानमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोली पुगिसकेको छ भने घाइतेहरूलाई उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची र मिसन अस्पताल पाल्पामा पठाइएको जनाइएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

     

    प्रकाशित मिति :बैशाख २९ २०८३ मंगलवार - १५:५९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij