Logo

२०८३ बैशाख २९ गते मंगलवार

२०८३ बैशाख २९ गते मंगलवार

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्न नेपाली कांग्रेसको माग

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्न नेपाली कांग्रेसको माग


  • 393
    Shares

    प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्न नेपाली कांग्रेसको माग

    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको स्वास्थ्य अवस्थाबारे प्रश्न उठाउँदै तत्काल स्वास्थ्य परीक्षण गर्न माग गरेको छ। 

    प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आफ्नै सरकारको नीति तथा कार्यक्रम संसदमा पेश भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर बाहिरिएको भन्दै यस्तो माग गरेका हुन् । 

    नेता आङ्देम्बेले संसद्‌मा बोल्दै भने, आफ्नै सरकारको नीति कार्यक्रम पेश भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर हिँड्नु स्वभाविक होइन। यदि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेको कारण उहाँ हिँड्नुभएको हो भने, सरकारले अविलम्ब स्वास्थ्य परीक्षण गरेर उहाँको स्वास्थयबारे त्यसको जानकारी संसदलाई गराउनुपर्छ। 

    उनले प्रधानमन्त्रीको यो व्यवहारलाई अमर्यादित र अहंकारपूर्ण भन्दै यसले सदनको गरिमा र इज्जतमा दाग लागेको टिप्पणी गरेका छन्। प्रधानमन्त्रीको व्यवहारले जनताको मन कुँडिएको, देशको शिर झुकेको र संसद्को गरिमामा दाग लागेको अनुभूति भएको बताएका छन्। बजेट अधिवेशनको सन्दर्भमा बोल्दै उनले सरकारले संसद्लाई पर्याप्त महत्त्व नदिएको आरोप लगाएका छन्।

    images
    प्रकाशित मिति :बैशाख २९ २०८३ मंगलवार - १४:४९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij