Logo

२०८३ बैशाख २९ गते मंगलवार

२०८३ बैशाख २९ गते मंगलवार

अर्थमन्त्री बनेको ३० दिनमै ३ सय वटा निर्णय गरेँः अर्थमन्त्री वाग्ले

अर्थमन्त्री बनेको ३० दिनमै ३ सय वटा निर्णय गरेँः अर्थमन्त्री वाग्ले


  • 414
    Shares

    अर्थमन्त्री बनेको ३० दिनमै ३ सय वटा निर्णय गरेँः अर्थमन्त्री वाग्ले

    काठमाडौं । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले मन्त्रीपद सम्हालेपछि सानातिना गुनासो गर्ने ठाउँ नरहने भन्दै आफू मन्त्रालयमै केन्द्रित भएर दैनिक १२ देखि १६ घण्टासम्म काम गरिरहेको बताएका छन् ।

    मंगलवार अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले पदभार ग्रहण गरेको करिव ३० दिनमै आफूले ३ सय वटा जति निर्णय गरिसकेको जानकारी दिएका छन्। व्यस्त कार्यतालिकाका बीच पनि सांसदहरूका कुरा सुन्ने प्रयास गरिरहेको उल्लेख गर्दै उनले छोटो समय भएपनि भेटघाट र छलफललाई निरन्तरता दिएको बताएका हुन् । 

    अर्थमन्त्री वाग्लेले मन्त्रालयको कामलाई प्राथमिकतामा राख्न आफूले बाहिरी कार्यक्रम, उद्घाटन, माला–खादा र समारोहमा सहभागी हुने क्रम लगभग बन्द गरेको उल्लेख गरेका छन्। 

    अर्थमन्त्री वाग्लेले भने, ‘मन्त्रीको कुर्सीमा बसिसकेपछि सानातिना कुराहरूले गुनासो गर्ने ठाउँ रहँदैन ।  लगभग म ३० दिनमा ३०० वटा निर्णय जति मैले गरेको रहेछु । व्यस्त समयका बीच पनि सांसदहरूलाई सकेसम्म मैले चाहेजति समय दिन सकेको छैन । यद्यपि छोटो उभिएरै भएपनि मैले कुरा गर्ने चाहिँ तपाईँहरू धेरैलाई थाहा नै छ । २ मिनेट ३ मिनेट भए पनि तपाईँहरूको कुरा सुन्ने मेरो इमान्दार प्रयास रहिआएको छ  र त्यसो गर्नका लागि बाहिरी खादा, माला, समारोह, उद्घाटन इधर उधर लगभग बन्द भएको छ । 

    अत्यावश्यक अवस्था, औपचारिक दायित्व वा अन्तर्राष्ट्रिय रूपमा चर्चित व्यक्तिहरू सहभागी कार्यक्रममा मात्रै उपस्थित हुने गरेको उनको भनाइ थियो । उनले अहिले आफू अधिकांश समय मन्त्रालयमै रहेर काम गरिरहेको उल्लेख गर्दै सांसदहरूबाट सुझाव र सद्भाव दुवै प्राप्त भएको बताएका छन्।  

    images
    प्रकाशित मिति :बैशाख २९ २०८३ मंगलवार - १४:०७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij