Logo

२०८३ बैशाख २९ गते मंगलवार

२०८३ बैशाख २९ गते मंगलवार

निजगढकी युवतीको मृत्यु रहस्यमय, पोस्टमार्टमका लागि शव काठमाडौँ रिफर

निजगढकी युवतीको मृत्यु रहस्यमय, पोस्टमार्टमका लागि शव काठमाडौँ रिफर


  • 820
    Shares

    निजगढकी युवतीको मृत्यु रहस्यमय, पोस्टमार्टमका लागि शव काठमाडौँ रिफर

    काठमाडौं । बाराको निजगढ नगरपालिका-९ बुद्धचोकस्थित गुरुङ होटलमा बस्न जाँदा शङ्कास्पद मृत्यु भएकी युवतीको शव पोस्टमार्टमका लागि काठमाडौँ पठाइएको छ । 

    वैशाख २५ मा निजगढ-१२ बस्ने २५ वर्षीया सीता थिङ होटलभित्र घाइते अवस्थामा रहेको जानकारी पाएपछि प्रहरीले उनलाई नजिकैको सामुदायिक अस्पताल प्रसूति गृहमा पठाएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    उनको शव पोस्टमार्टमका लागि काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको बाराका एसपी नरेन्द्र कुँवरले बताएका छन् । मृतक थिङसँगै १८ वर्षीया अनु सुनार, जितपुर सिमरा उपमहानगरपालिका-१६ टाङ्गिया बस्तीमा बस्ने ३५ वर्षीय महेश माझी र ३६ वर्षीय सुनिल बोम्जन होटलमा सँगै गएका थिए । महेश माझी र सीता थिङ एउटा कोठामा बसेका थिए । प्रहरीले मृतकसँगै गएका ३ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ परेकाहरू विरुद्ध इलाका प्रहरी कार्यालय निजगढले ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । मृतकसँगै बसेका माझीले शौचालयमा गएर थिङ झुण्डिएपछि उद्धार गरेको जिकिर गरेका छन् । मृतकको घाँटीमा मार्क देखिएको छ । अर्को कोठामा बसेका अनु सुनार र सुनिल बोम्जनले पनि झुन्डिएको अवस्थामा आफूहरूले उद्धार गरेको प्रहरीलाई बताएका छन् ।

    माझीको दाहिने गालामा चोट देखिएको हुनाले झगडा हुँदा हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । आरोपी मध्येका बोम्जनलाई प्रहरीले घटना भएको बिहान १ बजे टाङ्गिया बस्ती नजिकैको जंगलबाट पक्राउ गरेको थियो । महेश माझीलाई बिहान ४ बजेतिर निजगढ नगरपालिका–७ बाट पक्राउ गरिएको एसपी कुँवरले जानकारी दिएका छन् ।

     

    images
    प्रकाशित मिति :बैशाख २९ २०८३ मंगलवार - १३:५८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij