२०८३ बैशाख २९ गते मंगलवार
काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा आफू संसद्मा निदाएको भन्दै भाइरल भएको भिडियो र तस्बिरबारे स्पष्टीकरण दिएका छन्।
मंगलबार बसेको अर्थ समितिको बैठकमा उनले उक्त घटनाको वास्तविकता देखिएको भन्दा फरक रहेको बताएका हुन्। वाग्लेले संसद्मा राष्ट्रपतिसामु फोन उठाएर म्यासेज हेर्नु अशोभनीय हुने भएकाले आफूले टेबुलमुनि फोन राखेर जरुरी सन्देशहरू हेरिरहेको स्पष्ट पारेका छन्।
अर्जेन्ट म्यासेजहरू आइरहेका थिए। माथि राष्ट्रपतिको अगाडि फोन यसरी हेर्न शोभनीय नहुने भएर मैले टेबुलमुनि राखेर म्यासेजहरू हेरिरहेको थिएँ, उनले बैठकमा भने, तर अर्थमन्त्री निदायो भनेर आज दसौं लाख मानिसलाई रमिता बनाइएको छ।
सांसदहरूलाई आग्रह गर्दै उनले थपे, जे देखिन्छ, त्यो सधैं यथार्थ नहुन पनि सक्छ भन्ने चेत राखौं। यस्ता विषयमा हतारमा दूरगामी निष्कर्षमा नपुगिदिनुहोला।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij