Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विदेश पठाउँछु भनेर ३५ लाख ठगेको आरोपमा एकजना पक्राउ

विदेश पठाउँछु भनेर ३५ लाख ठगेको आरोपमा एकजना पक्राउ


  • 1.1K
    Shares

    विदेश पठाउँछु भनेर ३५ लाख ठगेको आरोपमा एकजना पक्राउ
    images

    काठमाडौं । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-७ घर भएर काठमाडौँ बस्दै आएका ४७ वर्षीय शैलेन्द्र पाण्डे रहेका छन् । 

    विदेशमा आकर्षक तलबको रोजगारीमा पठाउँछु भनेर उनले ३५ लाख ७० हजार ठगी गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताएका छन् । 

    सर्विया र स्लोभाकिया लगायतका देशमा पठाउँछु भनेर उनले १३ जना पीडितहरुबाट रकम लिएर सम्पर्क विहीन भएका थिए । सोमबार काठमाडौँको नागार्जुन नगरपालिका-९ बाट पक्राउ गरेर उनलाई वैदेशिक रोजगार विभागमा बुझाइएको एसपी कार्कीले जानकारी दिएका छन् ।  

    प्रकाशित मिति :बैशाख २९ २०८३ मंगलवार - १४:१०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij