Logo

२०८३ बैशाख २९ गते मंगलवार

२०८३ बैशाख २९ गते मंगलवार

श्रममन्त्रीको सचिवालयका कर्मचारी मुस्तकिम मियाँ अपहरण मुद्दामा पक्राउ

श्रममन्त्रीको सचिवालयका कर्मचारी मुस्तकिम मियाँ अपहरण मुद्दामा पक्राउ


  • 701
    Shares

    श्रममन्त्रीको सचिवालयका कर्मचारी मुस्तकिम मियाँ अपहरण मुद्दामा पक्राउ

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ गम्भीर अपराध सम्बन्धी कसुरमा पक्राउ परेका छन् ।  

    सप्तरीको महादेवा बल्थी घर भई राजविराजको पाख्रेल टोल बस्ने २७ वर्षीय मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा पक्राउ परेका हुन् । 

    मियाँलाई सोमबार राजविराजबाट पक्राउ गरिएको सप्तरीका एसपी गौतम केसीले बताएका छन् । मियाँ सहितको समूह मिलेर २०८२ फागुन १४ मा राजु कुमार चौधरीलाई अपहरण गरेर लुटपाट गरेको आरोप छ । 

    दुईवटा मोटरसाइकलमा आएका मियाँको समूहका युवाहरूले बन्दुक देखाएर आफूलाई कब्जामा लिएर सुनसान खाली चौरमा लगेर बन्धक बनाई कुटपिट गरेको पीडितको आरोप छ । 

    धम्की दिएर उनीहरूले भुईँमा थुकेर चाट्न लगाउँदै मोबाइल, २ तोला सुनको सिक्री र नगद १ लाख ३० हजार लुटेर नाङ्गै छाडेर हिँडेको पीडितले प्रहरीलाई बताएका छन् । अपहरणमा संलग्न अरू ३ जना फरार छन् ।

    मुस्तकिम मियाँ समेतका आरोपीहरू विरुद्ध  अपहरण वा शरीर बन्धक र अपमानजनक, अमानवीय व्यवहार सम्बन्धी कसुरमा जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको एसपी केसीले बताएका छन् । 

    whatsapp-image-2026-05-12-at-11.36.18_425wEs85MG.jpg 

    whatsapp-image-2026-05-12-at-11.36.29_OQOpGNtYQB.jpg

     

     

     

    images
    प्रकाशित मिति :बैशाख २९ २०८३ मंगलवार - ११:५९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij