२०८३ बैशाख २९ गते मंगलवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी संसदीय दलको नेता पुष्पकमल दाहाल प्रचण्डले संसदलाई सम्बोधन गर्ने भएका छन् ।
दिउँसो १ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्नका लागि समय माग गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।
फागुन २१ मा भएको निर्वाचनमा प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका थिए । चैत १२ गते बसेको संसदको पहिलो बैठकमा प्रचण्डले सम्बोधन गरेका थिएनन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij