Logo

२०८३ बैशाख २९ गते मंगलवार

२०८३ बैशाख २९ गते मंगलवार

भक्तपुरबाट डेढ किलो चाँदी सहित युवक पक्राउ

भक्तपुरबाट डेढ किलो चाँदी सहित युवक पक्राउ


  • 463
    Shares

    भक्तपुरबाट डेढ किलो चाँदी सहित युवक पक्राउ

    काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका-९ स्थित ताथलीबाट प्रहरीले चाँदी सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका घर भएर काभ्रेको बनेपा बस्दै आएका ३२ वर्षीय राजु स्वेत छन् । 

    सोमबार अस्थायी प्रहरी पोष्ट ताथलीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उनको साथबाट १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले जानकारी दिए । 

    नालाबाट च्याम्हासिंह तर्फ आउँदै गरेका स्वेत प्रदेश-३-०२–०२१ प ४३६४ नम्बरको मोटरसाइकलमा सवार थिए । आरोपीले बरामद चाँदीको कुनै कागजात देखाउन सकेका छैनन् ।

     

    images
    प्रकाशित मिति :बैशाख २९ २०८३ मंगलवार - १०:५४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij