Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

मापसे गरेर सडकको रेलिङ भत्काउने गोदावरीका मेयरलाई ३५ हजार जरिवाना

मापसे गरेर सडकको रेलिङ भत्काउने गोदावरीका मेयरलाई ३५ हजार जरिवाना


  • 708
    Shares

    मापसे गरेर सडकको रेलिङ भत्काउने गोदावरीका मेयरलाई ३५ हजार जरिवाना
    images

    काठमाडौं । मादक पदार्थ सेवन मापसे गरेर सरकारी गाडी चलाउँदा दुर्घटना गराएका कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टलाई धनगढी उपमहानगरपालिकाले ३५ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने भएको छ ।

    गत शनिबार राति मेयर भट्टले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको सरकारी गाडी मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डको गेटामा दुर्घटना भएको थियो । मापसे गरेर लठ्ठ भएका मेयरले चलाएको गाडी सडक छेउको रेलिङमा ठोक्किएको थियो ।

    धनगढीका नगरप्रमुख गोपाल हमालको सचिवालयका अनुसार उपमहानगरपालिकाका प्राविधिकहरूले गरेको मूल्याङ्कन अनुसार उक्त रेलिङ मर्मत गर्न ३५ हजार रुपैयाँ खर्च लाग्ने स्टमेट निकालिएको छ । सोही रकम बराबरको जरिवाना मेयर भट्टलाई तिराउन लागिएको हो । उपमहानगरपालिकाले रकम असुल गर्न नगर प्रहरी पठाए पनि मेयर भट्टले भने आफू स्वयंले नै रेलिङ मर्मत गरिदिने प्रतिबद्धता जनाएका छन् ।

    धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने जोसुकैबाट पनि क्षतिपूर्ति असुल गर्दै आएको छ । यसअघि, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले मेयर भट्टलाई मापसे गरेर गाडी चलाएको भन्दै ५ सय र लापरबाही गरेकोमा थप ५ सय गरी जम्मा १ हजार रुपैयाँ जरिवाना तिराएर गाडी छाडिसकेको छ ।

    धनगढी उपमहानगरपालिकाले ६ लेन सडकमा फूल रोपेर र बत्ती बालेर श्रृङ्गार गरिरहेका बेला छिमेकी नगरपालिकाका मेयरले नै मापसे गरेर संरचना भत्काएपछि स्थानीयले भने असन्तुष्टि जनाएका छन् । गोदावरी–५ कै स्थानीय भागीराम रानाले एउटा मेयरले सडक सजाउने र अर्कोले भत्काउने काम गरेको भन्दै दुःख व्यक्त गरे ।

    मेयर भट्टको सचिवालयले भने क्षतिको आधारमा स्टमेट आएको र सोही अनुसार मर्मत वा क्षतिपूर्ति दिने जनाएको छ । धनगढी उपमहानगरपालिकाले ६ लेन सडकमा रहेका सार्वजनिक सम्पत्तीमा क्षति नगरीदिन सबैलाई अनुरोध गर्दै आएको छ।

    प्रकाशित मिति :बैशाख २९ २०८३ मंगलवार - ११:३१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij