Logo

२०८३ बैशाख २८ गते सोमवार

२०८३ बैशाख २८ गते सोमवार

एसईई नतिजा: कति विद्यार्थीले ल्याए ४ जीपीए ?

एसईई नतिजा: कति विद्यार्थीले ल्याए ४ जीपीए ?


  • 631
    Shares

    एसईई नतिजा: कति विद्यार्थीले ल्याए ४ जीपीए ?

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गरेको छ । 

    आज साँझ बोर्डले सार्वजनिक गरेको परीक्षाफलअनुसार परीक्षामा नियमिततर्फ कुल ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी भएका थिए ।

    जसमध्ये २ लाख ८४ हजार १६० विद्यार्थी उत्तीर्ण ग्रेडेड भएका छन् भने १ लाख ४६ हजार ५०७ विद्यार्थीले ननग्रेडेड भए ।

    यस वर्षको कुल उत्तीर्ण प्रतिशत ६५.९८ रहेको बोर्डले जनाएको छ । नतिजाअनुसार जीपीए १.६० देखि २.०० ल्याउने विद्यार्थी संख्या ७ रहेको छ भने २.०० देखि २.४० ल्याउने ५ हजार १९० जना रहेका छन् ।

    त्यस्तै २.४० देखि २.८० ल्याउने ५५ हजार ९७७, २.८० देखि ३.२० ल्याउने ९४ हजार २२२ तथा ३.२० देखि ३.६० ल्याउने ८० हजार ३७२ विद्यार्थी रहेका छन् । सबैभन्दा उच्च जीपीए ३.६० देखि ४.०० सम्म प्राप्त गर्ने विद्यार्थी संख्या ४८ हजार ३९२ रहेको बोर्डले जनाएको छ ।

    images
    प्रकाशित मिति :बैशाख २८ २०८३ सोमवार - २२:००:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij