२०८३ बैशाख २८ गते सोमवार
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आगामी असार १ गतेदेखि हुने भएको छ । यसको परीक्षा तालिका केही दिनमै सार्वजनिक गरिने भएको छ । एक लाख ४६ हजार विद्यार्थीले पुरक परीक्षा दिनुपर्ने शिक्षा सचिव चुडामणि पाैडेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।
सोमबार राति पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गरिएको हो । नतिजा अनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
परीक्षार्थीहरूले नेपाल टेलिकमको १६०० नम्बरमा कल (IVR), एसएमएस वा युएसएसडीमार्फत आफ्नो नतिजा प्राप्त गर्न सक्नेछन्। त्यसैगरी आधिकारिक वेबसाइटहरू www.see.gov.np, www.neb.gov.np र www.see.ntc.net.np मार्फत पनि विस्तृत नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।
विद्यार्थीले आफ्नो मोबाइलको मेसेज बक्समा गएर आधिकारिक सर्टकोड प्रयोग गरी सिधै नतिजा थाहा पाउन सक्नेछन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij