Logo

२०८३ बैशाख २८ गते सोमवार

२०८३ बैशाख २८ गते सोमवार

अण्डाको मूल्य तोकियो, एक क्रेटको मूल्य कति ?

अण्डाको मूल्य तोकियो, एक क्रेटको मूल्य कति ?


  • 2.1K
    Shares

    अण्डाको  मूल्य तोकियो, एक क्रेटको मूल्य कति ?

    काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य मंगलबारदेखि लागू हुने सङ्घका सचिव मदन पोखरेलले जानकारी दिए । 

    नयाँ समर्थन मूल्यअनुसार ठुलो अण्डा प्रति क्रेटको मूल्य ४८५ रुपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ५०० रुपैयाँ कायम गरिएको छ । यसअघि  ठुलो अण्डा प्रति क्रेटको ४५० रुपैयाँ थियो भने एक्सएल अण्डा प्रति क्रेट ४६५ रुपैयाँ थियो ।

    मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ४३५ रुपैयाँ तोकिएको सचिव पोखरेलले बताए । यसअघि मिडियम अण्डाको मूल्य ४ सय थियो । सानो अण्डा प्रति क्रेट २५०० रुपैयाँ तोकिएको छ । यसअघि सानो अण्डा प्रति क्रेट २३०० रुपैयाँ थियो । 

    सङ्घले नयाँ समर्थन मूल्य जारी गर्दै त्यसैअनुरूप कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ।

     

    images
    प्रकाशित मिति :बैशाख २८ २०८३ सोमवार - २०:२५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij