Logo

२०८३ बैशाख २८ गते सोमवार

२०८३ बैशाख २८ गते सोमवार

नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने

नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने


  • 610
    Shares

    नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने

    काठमाडौं । नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने भएको छ। यसअनुसार अब नयाँ ई–सिम लिन व्यक्ति स्वयं उपस्थित भएर नेपाल टेलिकमको कार्यालय जानुपर्ने बाध्यता हुनेछैन। 

    टेलिकमका अनुसार नयाँ प्रिपेड ई–सिम लिन चाहने सेवाग्राहीले यो वेबसाइट लगइन गरी त्यहाँ रहेको गेट न्यु प्रिपेड इसिममा क्लिक गरे पश्चात दिइएको निर्देशनअनुसार रजिष्टर गरी आवश्यक विवरण उपलब्ध गराउनुपर्नेछ।

    त्यसपछि विभिन्न वालेट तथा क्यूआर कोडमार्फत रकम भुक्तानी गरे पश्चात ई–सिमको क्यूआर कोड उपलब्ध हुन्छ। उक्त क्यूआर कोड स्क्यान गरी आफ्नो मोबाइल सेटको सेटिङमार्फत ई–सिम सक्रिय गर्न सकिन्छ। 

    उक्त वेबसाइट लगइन गरेर हाल नयाँ प्रिपेड ई–सिम लिन सकिने सुविधा थप गरिएको हो। योभन्दा पहिले देखि नै प्रयोगमा रहेको सिमलाई अनलाइनमार्फत ई–सिम बनाउन सकिने सुविधा समेत उपलब्ध छ। 

    नयाँ फिजिकल सिम लिनका लागि आवश्यक फारम भर्न र ग्राहक विवरण अर्थात् केवाईसी दर्ता गर्न वा अद्यावधिक गर्नका लागि आवश्यक अनलाइन केवाईसी पोर्टल समेत यसैमा उपलब्ध छ। 

    images
    प्रकाशित मिति :बैशाख २८ २०८३ सोमवार - १९:२७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij