Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

३८ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो

३८ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो


  • 820
    Shares

    ३८ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो
    images

    काठमाडौं । नेपाल सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ । नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुगी बन्द भएको छ।

    आज बजारमा कुल ३३२ कम्पनीका १ करोड ४ लाख कित्ता सेयर किनबेच भएका छन्। यस क्रममा कुल ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार ६३५ रुपैयाँ बराबरको कारोबार भएको छ।

    आजको कारोबारमा बजारमा अत्यधिक उत्साह देखिएको छ। कुल २४७ कम्पनीको सेयर मूल्य बढ्दा मात्र १८ कम्पनीको मूल्यमा गिरावट आएको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।

    आज फर्स्ट माइक्रोफाइनान्स सेयरधनीहरूले सर्वाधिक १४.१९ प्रतिशत नाफा कमाएका छन् । त्यसैगरी कुमारी भनवृद्धि योजना ११.३७ प्रतिशत डाेल्टी हाइड्रोपावरको ८.४३ प्रतिशतले बढेका छन् ।

     

    प्रकाशित मिति :बैशाख २८ २०८३ सोमवार - १७:०५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij