२०८३ बैशाख २८ गते सोमवार
काठमाडौं । श्रम, संस्कृति पार्टीका सांसद हर्क साम्पाङले लिपुलेक विवादमा सरकारले छिमेकी मुलुकसँग कुटनीतिक सम्वाद गर्न नसकेको बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका उनले राष्ट्रियता र सीमा रक्षाका सवालमा सरकारले ‘चुप्पी’ साँधेको आरोप लगाएका हुन्।
‘किन कुटनीतिक वार्ता गर्न सकेन? हस्ताक्षरबिनाको कुटनीतिक नोटका भरमा मात्र किन लुकेर बसेको छ यो सरकार?’
उनले नेपाली सेनाको परिचालन र सीमा सुरक्षाको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए। सेनालाई सीमा रक्षामा खटाउनुको साटो सुकुम्बासी हस्ती हटाउन प्रयोग गरेको भन्दै उनले आपत्ति जनाए।
सरकारले संविधान प्रदत्त आवास र सम्मानजनक बाँच्न पाउने मौलिक हकको उल्लंघन गरेको दाबी छ। संविधान उल्लंघन गरेर सरकार असफल भइसकेको दाबी गर्दै सांसद साम्पाङले भने, ‘गरिबका भत्किएका बस्ती र बिजोग बनाइएको होल्डिङ सेन्टरहरुमा प्रधानमन्त्री जानुभएको छ कि आफ्नै कार्यालयमा लुकेर बस्नुभएको छ?’
उनले देश अभिभावकविहीन बनेको महसुस भइरहेको बताउँदै संविधान मिच्ने सरकारको अब कुनै औचित्य नरहेको बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij