Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

काठमाडौँबाट धनगढी जाँदै गरेको बस दुर्घटना, १८ यात्रु घाइते

काठमाडौँबाट धनगढी जाँदै गरेको बस दुर्घटना, १८ यात्रु घाइते


  • 1.3K
    Shares

    काठमाडौँबाट धनगढी जाँदै गरेको बस दुर्घटना, १८ यात्रु घाइते
    images

    काठमाडौँ । काठमाडौँबाट धनगढी जाँदै गरेको यात्रुबाहक बस बर्दियामा दुर्घटना भएको छ।

    सोमबार दिउँसो काठमाडौँबाट धनगढी जाँदै गरेको बस चिसापानी नजिकै बर्दिया राष्ट्रिय निकुञ्जमा दुर्घटना भएको हो। दुर्घटनामा १८ यात्रु घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ। 

    घाइतेहरूको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ। 

    बस सडकमै पल्टिएको हो। सडकमा बस पल्टिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। बस हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :बैशाख २८ २०८३ सोमवार - १५:३६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij