Logo

२०८३ बैशाख २८ गते सोमवार

२०८३ बैशाख २८ गते सोमवार

ओली भेट्न पूर्वराष्ट्रपति भण्डारी पुगिन् गुन्डु

ओली भेट्न पूर्वराष्ट्रपति भण्डारी पुगिन् गुन्डु


  • 379
    Shares

    ओली भेट्न पूर्वराष्ट्रपति भण्डारी पुगिन्  गुन्डु

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छिन् । आइतबार (वैशाख २७) दिउँसो करिब १ बजे भक्तपुरको गुन्डुस्थित अध्यक्ष ओलीको निवासमा पुगेर पूर्वराष्ट्रपति भण्डारीले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

    सचिवालयका अनुसार, ओलीको स्वास्थ्य अवस्था, पार्टीभित्र देखिएको पछिल्लो विवाद र यसको निकासका निम्ति भण्डारीले आग्रह गरेकी थिइन् ।

    गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामलगायत विषयमा पार्टीले समीक्षा बैठक राख्ने/नराख्नेबारे भण्डारीले चासो व्यक्त गरेको सचिवालयको भनाइ छ । भण्डारीको चासोमा ओलीले आफ्नो स्वास्थ्य अवस्थामा सुधार आएलगत्तै बैठक बस्ने जवाफ दिएका थिए । 

    images
    प्रकाशित मिति :बैशाख २८ २०८३ सोमवार - १३:०९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij