Logo

२०८३ बैशाख २८ गते सोमवार

२०८३ बैशाख २८ गते सोमवार

राष्ट्रपतिले संसद्‌मा गर्ने सम्बोधन मन्त्रिपरिषद्‌बाट स्वीकृत

राष्ट्रपतिले संसद्‌मा गर्ने सम्बोधन मन्त्रिपरिषद्‌बाट स्वीकृत


  • 225
    Shares

    राष्ट्रपतिले संसद्‌मा गर्ने सम्बोधन मन्त्रिपरिषद्‌बाट स्वीकृत

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज (वैशाख २८) संघीय संसद्को संयुक्त बैठक (प्रतिनिधिसभा र राष्ट्रियसभा)लाई गर्ने सम्बोधन मन्त्रिपरिषद्‌बाट स्वीकृति गरिएको छ । सोमबार (वैशाख २८) बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकबाट उक्त सम्बोधन स्वीकृत गरिएको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

    “नेपालको संविधानको धारा ९५ बमोजिम सम्माननीय राष्ट्रपतिबाट संवत् २०८३ साल वैशाख २८ गते १६ः०० बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुहुने सम्बोधन स्वीकृत गर्ने निर्णय,” उनले भने ।

    यस दिन अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठक बस्ने तय छ । सिंहदबारस्थित प्रतिनिधिसभाकक्ष (बहुउद्देश्यीय हल)मा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।

    images
    प्रकाशित मिति :बैशाख २८ २०८३ सोमवार - ११:२४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij