२०८३ बैशाख २८ गते सोमवार
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख २३ गतेदेखि सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको थियो । यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेपछि सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।
कम्पनीले १ अर्ब २० करोड रुपैयाँ जारी पूँजीको ३५ दशमलव २६ प्रतिशत बराबरको ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ मूल्य बराबरका ४२ लाख ३० हजार ६६८ कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो ।
उक्त शेयरमध्ये १२ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि छुट्याइएको थियो भने ३ लाख ३ हजार ६७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि वितरण गरिसकिएको छ । त्यसैगरी, सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ता तथा कम्पनीका कर्मचारीका लागि ६० हजार ६१३ कित्ता शेयर पनि बाँडफाँट भइसकेको कम्पनीले जनाएको छ ।
यो आईपीओमा आवेदन दिन चाहने लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij