२०८३ बैशाख २७ गते आइतवार
काठमाडौं । काठमाडौंको भेडासिंहस्थित चाँदी पसलमा पेस्तोल देखाएर ज्वेलरी पसल लुटको योजनाकार इन्द्रचोक नजिकै क्याफे चलाउने युवक भएको खुलेको छ । इन्द्रचोकमा क्याफे सञ्चालन गर्दै आएका अरुण भुजेलले लुट्ने योजना बनाएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताएका छन् ।
प्रहरीले भुजेल, ललितपुरको महालक्ष्मी नगरपालिका-६ घर भएका हरिकृष्ण महर्जन र विकेश राजबाहकलाई पक्राउ गरेको छ ।क्याफे सञ्चालक भुजेलले करिब १२ वर्षअघि देखी नै सजिनालाई चिन्थे । एक्लै पसलमा बसेको मौका छोपेर उनले नै योजना बनाएर पेस्तोल लिएर लुट्न गएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
आरोपी अरुण भुजेलको साथबाट घटनास्थलमा लुट्न प्रयोग गरिएको पेस्तोल प्रहरीले बारमद गरेको छ । सो समूहले २०८२ पुस २१ मा पनि न्युरोडस्थित मासागल्लीमामा ४ लाख नगद, आइफोन र २ तोलाको सिक्री लुटेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी कौशल बुढाथोकीले बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij