Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

धितोपत्र बोर्डको पाइपलाइनमा थपिए ४ कम्पनीको आइपीओ

धितोपत्र बोर्डको पाइपलाइनमा थपिए ४ कम्पनीको आइपीओ


  • 1.5K
    Shares

    धितोपत्र बोर्डको पाइपलाइनमा थपिए ४ कम्पनीको आइपीओ
    images

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा ४ कम्पनीको आइपीओ थपिएको छ। विभिन्न क्षेत्रका ४ कम्पनीले आइपीओ अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका हुन्।

    ती कम्पनीका डोलेश्वर भिलेज रिसोर्ट एन्ड फार्म हाउस, केटीएम हस्पिट्यालिटी, एसियन कन्क्रिटो र भगवती स्टिल इन्डस्ट्रिज रहेका छन्। धितोपत्र बोर्डले अनुमति दिएमा डोलेश्वर भिलेजले १०० रुपैयाँ अंकित दरका कुल १६ लाख २० हजार कित्ता शेयर जारी गर्नेछ। बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

    केटीएम हस्पिट्यालीले पनि १०० रुपैयाँ अंकित दरका कुल १५ लाख ५० हजार कित्ता शेयर ल्याउनेछ। बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ। एसियन कन्क्रिटोले १०० रुपैयाँ अंकित दरका कुल १० लाख ६२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्नेछ।  बिक्री प्रबन्धमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

    भगवती स्टिलले भने प्रिमियम मूल्यमा आइपीओ ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरमा १३३ रुपैयाँ प्रिमियम थपेर २३३ रुपैयाँ कुल १५ लाख कित्ता शेयर निष्कासन गर्नेछ। बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ। 

     

    प्रकाशित मिति :बैशाख २७ २०८३ आइतवार - १७:५५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij