Logo

२०८३ बैशाख २७ गते आइतवार

२०८३ बैशाख २७ गते आइतवार

पार्टी सांसदहरुलाई गुटबन्दीमा नलाग्न सभापति लामिछानेको निर्देशन

पार्टी सांसदहरुलाई गुटबन्दीमा नलाग्न सभापति लामिछानेको निर्देशन


  • 302
    Shares

    पार्टी सांसदहरुलाई गुटबन्दीमा नलाग्न सभापति लामिछानेको निर्देशन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी सांसदहरुलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएका छन् । आईतवार पार्टीका सांसदहरूका लागि ललितपुरमा आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन्। 

    उनले रविको मान्छे र बालेनको मान्छे हो भन्दै हल्ला गर्ने गरेको भन्दै पार्टीभित्र त्यस्तो कुनै गुटबन्दी नगर्न निर्देशन दिएका छन् ।  उनले ७० वर्षअघि राजनीतिक रुपमा मिल्नुपर्ने व्यक्तिहरु नमिलेकै कारण नेपाल ७० वर्ष पछाडि धकेलिएको टिप्पणी गरेका छन्। प्रधानमन्त्री साह र आफूबीच कुनै व्यक्तिगत मुद्दाका लागि एकता नभएको पनि उनको भनाइ छ ।

    उनले आफूहरुलाई फुटेको चाहना राख्ने सञ्चारमाध्यमहरुप्रति असन्तुष्टि व्यक्त गर्दै आफूहरु राजनीतिक रुपमा परिपक्व भएको बताएका छन्। उनले आफूहरु नयाँ भएपनि बेवकुफ नभएको बताएका छन्। उनले फरक प्रसंगमा बोल्दै सुकुम्बासीहरुको व्यवस्थापनका लागि सरकार लागिपरेको उल्लेख गर्दै कसैलाई पनि घरबारविहीन नबनाइने स्पष्ट पारेका छन् ।

    images
    प्रकाशित मिति :बैशाख २७ २०८३ आइतवार - १६:४५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij